नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतबाट मूल्य बढेर आए पनि आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
मूल्य वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको निगमले उल्लेख गरेको छ।
निगमका अनुसार भारतबाट पेट्रोल प्रति लिटर २.२९ रुपैयाँ र डिजेल प्रति लिटर ३.४६ रुपैयाँले बढेर आएको छ। तर नेपालमा भने मूल्य परिवर्तन नगरिएको हो।










