सरकारले असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका हरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने, झण्डा आधा झुकाउने र सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।
त्यस्तै बैठकले आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्ने, र राष्ट्रिय सम्मानका साथ अत्याष्टि गर्ने निर्णय पनि गरिएको । घाइतेको निशुल्क उपचार गर्ने, दाह संस्कारको लागि निशुल्क यातायात व्यवस्था गर्ने र मृतकको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।









