असोज १ गतेदेखि बिपी राजमार्ग २४ सैं घण्टा खुल्ने भएको छ। आज बसेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले यो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो।
वर्षातको कारण क्षतिग्रस्त वि.पि राजमार्ग, त्यस क्षेत्रको कमजोर भौगोलिक अवस्थाको कारण सामान्य वर्षातमा पनि पहिरोबाट राजमार्ग अवरुद्ध हुने गरेकोले यात्रुलाई जोखिमको प्रभावबाट कम गर्न वि.पि राजमार्गको काभ्रेभञ्ज्याङ्ग भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई २०८२ भाद्र मसान्तसम्म साँझ ०५:०० बजेदेखि विहान ०५:०० बजे सम्म निषेध गरिएको थियो।
आसन्न दशै तिहार लगायतका चाडपर्वमा यात्रुहरुको सहज यात्राका लागि २०८२ आश्विन १ गतेदेखि सडक सुरक्षा सजगता अपनाई स्वीकृत सडक सुरक्षा कार्ययोजना वमोजिम गर्ने गरी २४ सै घण्टा खुला गर्ने निर्णय भएको हो।









