Saturday, July 25, 2026
spot_img

राष्ट्रपति-उपराष्ट्रपति कार्यालय, र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु जारी

spot_img

जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार क्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु जारी गरेको छ। आज दिउँसो १ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु लगाईएको हो ।

जस अनुसार शितल निवास ( राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रमा  उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानदेखि अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, र दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म कर्फ्यु लगाईएको छ ।

हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु लगाईएको छ।

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखी नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म कर्फ्यु लगाईएको छ।
सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा. वि. को मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, र सिंहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यु लगाईएको छ।

प्रशासनले बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म पनि कर्फ्यु लगाएको हो ।

सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ । जेन जेडको आयोजनामा भएको प्रदर्शन उग्र भएपछि प्रशासनले कर्फ्यु लगाएको हो। प्रदर्शनको क्रममा प्रदर्शनकारीहरु संसद भवन मै छिरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img