ब्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी ‘युथ विजनेस लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।
सिजन मिडियाको आयोजनामा नेपालभित्र र एशियाका विभिन्न देशका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गर्ने ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५’ अन्तर्गत पंगनेीले ‘युथ विजनेस लिडरसिप अवार्ड’ हात पारेका हुन् ।
पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सम्मान प्रदान गरेका हुन् ।
उक्त अवार्डबाट ७ विदेशीसहित २८ जना सम्मानित भएका थिए ।









