Tuesday, June 9, 2026
spot_img

सोमबार मध्यरातबाट सबै सरकारी खाता बन्द, २४ दिन मै १ खर्ब ७४ अर्ब खर्च

spot_img
spot_img

सोमबार मध्यरातीबाट सबै सरकारी खाता बन्द भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार आर्थिक वर्षको अन्तिम ७ दिन सबै सरकारी खाता बन्द गर्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार रातीबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द भएका छन् । अब चालु आर्थिक वर्ष २०८०/०८१ को भूक्तानी हुने छैन ।

सरकारले असार लागेयता १ खर्ब ७४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असार २५ गते बिहानको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले हालसम्म १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो भनेको कुल लक्ष्यको ७७.४४ प्रतिशत हो ।

असार १ गतेसम्म ११ खर्ब ८१ अर्ब २९ करोड बजेट खर्च भएकोमा त्यसयता मात्रै २४ दिनमा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

सरकारी कार्यालयमा आएर रोकिएका बिलको बाहेक अब नयाँ भुक्तानी हुने छैन । आर्थिक वर्ष समाप्त हुनु एक हप्ता अगाडीबाट सबै सरकारी भुक्तानी बन्द गर्नुपर्ने प्रावधान अनुसार सोमबार धेरै भूक्तानीको चाप परेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

असार २३ गते आइतबारसम्म १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च असार २४ गते सोमबार बेलुकासम्म १३ खर्ब २२ अर्ब ६० करोड पुगेको थियो । असार २५ गते मंगलबार बिहान सरकारी बजेट खर्च १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस आधारमा सोमबार एकै दिन ठूलो भुक्तानी भएको देखिएको छ ।

पूँजीगत खर्च १ खर्ब ७२ अर्ब

सरकारले हरेक वर्ष विकास निर्माणका लागि छुट्याएको बजेट खर्च बढाउने भन्दै आएपनि त्यो पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा पनि सरकारले विकास बजेट खर्च गर्न सकेन । मंगलबार (आज) बिहानसम्म पूँजीगत खर्च १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रकका अनुसार कुल पूँजीगत बजेटको ५६.९७ प्रतिशत मात्रै हो ।

यस वर्ष सरकारले पूँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

चालु खर्च भने लक्ष्यको झण्डै ८२ प्रतिशत भइसकेको छ । यस वर्ष ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ चालु खर्चको लक्ष्य राखेकोमा आज बिहानसम्म ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बजेट विनियोजन भएकोमा असार २५ गते मंगलबारसम्म ८१.४ प्रतिशत अर्थात् २ खर्ब ५० अर्ब २६ करोड ७६ लाख खर्च भइसकेको छ ।

राजस्व लक्ष्य भने भेट्टाउन निकै मुस्किल देखिएको छ । आज मंगलबार बिहानसम्म सरकारले १० खर्ब १५ अर्ब कुल राजस्व उठाएको छ । यो वर्ष सरकारले सबै खालका कर तथा राजस्वबाट कुल १४ खर्ब ७२ अर्ब ४८ करोडको राजस्व उठाउने लक्ष्य लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३७०४ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, २ वर्षको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति बैशाख...

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स, बैशाखमा मात्रै भित्रियो २५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्षको बैशाख सम्ममा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले...

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...
spot_img