सोमबार मध्यरातबाट सबै सरकारी खाता बन्द, २४ दिन मै १ खर्ब ७४ अर्ब खर्च

spot_img

सोमबार मध्यरातीबाट सबै सरकारी खाता बन्द भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार आर्थिक वर्षको अन्तिम ७ दिन सबै सरकारी खाता बन्द गर्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबार रातीबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द भएका छन् । अब चालु आर्थिक वर्ष २०८०/०८१ को भूक्तानी हुने छैन ।

सरकारले असार लागेयता १ खर्ब ७४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असार २५ गते बिहानको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले हालसम्म १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो भनेको कुल लक्ष्यको ७७.४४ प्रतिशत हो ।

असार १ गतेसम्म ११ खर्ब ८१ अर्ब २९ करोड बजेट खर्च भएकोमा त्यसयता मात्रै २४ दिनमा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

सरकारी कार्यालयमा आएर रोकिएका बिलको बाहेक अब नयाँ भुक्तानी हुने छैन । आर्थिक वर्ष समाप्त हुनु एक हप्ता अगाडीबाट सबै सरकारी भुक्तानी बन्द गर्नुपर्ने प्रावधान अनुसार सोमबार धेरै भूक्तानीको चाप परेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

असार २३ गते आइतबारसम्म १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च असार २४ गते सोमबार बेलुकासम्म १३ खर्ब २२ अर्ब ६० करोड पुगेको थियो । असार २५ गते मंगलबार बिहान सरकारी बजेट खर्च १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यस आधारमा सोमबार एकै दिन ठूलो भुक्तानी भएको देखिएको छ ।

पूँजीगत खर्च १ खर्ब ७२ अर्ब

सरकारले हरेक वर्ष विकास निर्माणका लागि छुट्याएको बजेट खर्च बढाउने भन्दै आएपनि त्यो पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा पनि सरकारले विकास बजेट खर्च गर्न सकेन । मंगलबार (आज) बिहानसम्म पूँजीगत खर्च १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रकका अनुसार कुल पूँजीगत बजेटको ५६.९७ प्रतिशत मात्रै हो ।

यस वर्ष सरकारले पूँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

चालु खर्च भने लक्ष्यको झण्डै ८२ प्रतिशत भइसकेको छ । यस वर्ष ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ चालु खर्चको लक्ष्य राखेकोमा आज बिहानसम्म ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बजेट विनियोजन भएकोमा असार २५ गते मंगलबारसम्म ८१.४ प्रतिशत अर्थात् २ खर्ब ५० अर्ब २६ करोड ७६ लाख खर्च भइसकेको छ ।

राजस्व लक्ष्य भने भेट्टाउन निकै मुस्किल देखिएको छ । आज मंगलबार बिहानसम्म सरकारले १० खर्ब १५ अर्ब कुल राजस्व उठाएको छ । यो वर्ष सरकारले सबै खालका कर तथा राजस्वबाट कुल १४ खर्ब ७२ अर्ब ४८ करोडको राजस्व उठाउने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...