Friday, July 24, 2026
spot_img

ग्लोकल टीन हिरोको शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा

spot_img

ग्लोकल प्रा.लि.ले ११ औं संस्करणको गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम घोषणा गरेको छ। आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा बालबालिकाको अधिकार, नवप्रवर्तन, प्रविधि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाशीलता, पर्यावरण, एआई विज्ञान/अनुसन्धान र अन्य विभिन्न क्षेत्रमा समाजमा सकारात्मक प्रभाव पारेका ७८४ किशोरकिशोरीहरूबाट आवेदन प्राप्त भएको थियो।

ग्लोकल २० अण्डर २० छनोट गरिएका उत्कृष्ट किशोरकिशोरीहरूको विवरण र दस्तावेजहरूको समीक्षा निर्णायक मण्डलले गरेको कम्पनीले जनाएको छ। त्यसपछि उनीहरूको कामको सुरुवात, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावको आधारमा गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि अन्तिम चरणमा शीर्ष छ फाइनलिस्टहरूलाई सर्टलिस्ट गरिएको कम्पनीले उल्लेख गरेको छ।

सदस्यीय निर्णायक मण्डलले यी ६ जना प्रतिभाशाली किशोरकिशोरीहरूलाई उनीहरूको उपलब्धि, पहल र आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानका लागि सर्टलिस्ट गरेको बताईएको छ।

शीर्ष ६ फाइनलिस्टहरू यसप्रकार छन् :

१. कृष्ण यादव, धनुषा- सामग्री निर्माता

२. मानुषी न्यौपाने, स्याङ्जा- यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) अधिवक्ता

३. निश्चल ढुंगाना, कपिलवस्तु जलवायु न्याय अधिवक्ता

४. अक्सफोर्ड आचार्य, जुम्ला- नीति अधिवक्ता

५. रेणुका सिंह, सर्लाहीकी- कृषि उद्यमी

६. सफल पौडेल, रुपन्देही- एआई विकासकर्ता

आयोजकका अनुसार आगामी दिनहरूमा, फाइनलिस्टहरूले आफ्नो ज्ञान र सञ्जाल विस्तार गर्नका लागि सेल्फ-कम्पिटेन्सी वर्कसपमा भाग लिनेछन्। त्यसैगरी, कर्पोरेट कम्पनीका प्रतिनिधिहरू, दूतावासहरू, र उद्योगका प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्नेछन्। निर्णायक मण्डलले सेप्टेम्बर १ मा फाइनलिस्टहरूको अन्तर्वार्ता लिनेछन्। साथै, एसएमएस मतदान अगस्ट २१ को साँझ ५ बजेदेखि अगस्ट ३१ को साँझ ५ बजेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ  ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img