Saturday, July 25, 2026
spot_img

म पनि एआईको मद्दत लिन्छु, च्याटजीपीटीलाई सोध्यो भने सबै भन्छ: प्रधानमन्त्री ओली

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै ओलीले नेपालको लोकेसन र वातावरण अनुकुलका कारण डिजिटल वर्क सेन्टर बन्न सक्ने बताएका हुन् ।

‘नेपाल कुलिङ सेन्टर नै हो । हामीसँग चिसो र प्रविधि अनुकुल वातावरण छ । ग्रीन उर्जा पनि पर्याप्त छ,’ ओलीले भने, ‘नेपाल ‘डिजिटल सेन्टर’ हुन सक्छ । डिजिटल वर्क यहाँबाट गर्न सकिन्छ ।’

डिजिटल पूर्वाधारका लागि उर्जा र कुलिङ एकदमै महत्त्वपूर्ण भएको अवस्थामा नेपाल त्यसका लागि उपयुक्त गन्तव्य बन्न सक्ने ओलीको भनाइ थियो ।

देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा आइसिटीको योगदानलाई २ प्रतिशत पुर्‍याउने समेत उनले बताए । नयाँ पुस्ता सूचना प्रविधिमा अब्बल रहेको बताउँदै उनले आवश्यक सहयोग र सहजीकरण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।

सुशासन र विकासमा आइसिटीको आवश्यकता औल्याउँदै ओलीले प्रविधिको विश्व विकासमा नेपाल सँगसँगै रहेको बताए । ‘नेपाल विश्वभन्दा पछाडि छैन् । हामी सँगसँगै हिडिरहेका छौं । जुन बेला कम्प्युटर सुरू भयो त्यसबेला पछाडि थियौं । अब अहिले दुनियाँ सँगैसँगै छौं । हामीले अरूले बनाएका प्रडक्ट प्रयोग गर्ने मात्र होइन, बनाएका छौं र अझै त्यसमा जोड दिनुपर्छ,’ उनले थपे ।

कार्यक्रममा बोल्दै उनले आफुले समेत एआईको प्रयोग गर्दै आइरहेको जानकारी दिएका थिए । विभिन्न जानकारी लिन मैले पनि एआईको मद्दत लिन्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्छ । नेपालले पनि एआई नीति ल्याइसकेको छ ।’
डिजिटल नेपाल फ्रेमवर्क २.० मार्फत नेपाल डिजिटल युगको नयाँ चरणमा प्रवेश गर्न उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img