मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि “राइड मोर, विन मोर” योजना ल्याएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुहरूका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्दछ ।
यसमा ३ वटा राइडबापत १ टिकट जित्ने मौका मिल्ने छ । यसका लागि कुनै सीमा तोकिएको छैन । जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर रहेको बताइएको छ ।
पुरस्कारहरूः
● १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कूटर
● ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच
इनड्राइभ नेपालकी कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार ‘राइड मोर, विन मोर’ अफरमा प्रयोगकर्ताले १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका पनि पाउने छन् । योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकाहरु मध्येबाट विजेताहरूको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं । यही हाम्रो प्लेटफर्मको विशेषता हो । सँगै ‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो । यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौ । जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ ।’
यस योजनामा सहभागी हुनको लागि प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत राइड बुक गर्नुपर्नेछ ।









