Saturday, July 25, 2026
spot_img

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

spot_img

श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेजबीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेजका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल र श्रीलङ्काको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाईएको छ । साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्नका लागि समेत समन्वय गरिने जनाइएको छ ।

दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img