Friday, July 24, 2026
spot_img

उद्योगमन्त्री भण्डारी र आईओईका महासचिवबीच भेट

spot_img

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई)का महासचिव रोबर्टो स्वारेज सान्तोसले भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले कोभिड–१९ महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच नेपालको अर्थतन्त्र पुनरुत्थान हुने क्रममा रहेको उल्लेख गरेका छन् । उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण बनाउने काम गरिरहेको पनि बताएका छन् ।

उनले नेपाल लगानीको लागि अनुकुल गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको जानकारी गराउँदै विदेशी लगानी भित्र्याउन अहिले नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइरहेको पनि जानकारी गराएका छन् । मन्त्री भण्डारीले सरकारले लगानी सहजीकरणका लागि गरेका सुधारकै कारण अहिले विदेशी लगानी स्वीकृतिका दर बढिरहेको पनि बताएका छन् ।

मन्त्री भण्डारीले नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको पनि बताए ।

आईओईका महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीबारे आफूले बुझ्ने अवसर पाएको बताए । उनले नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्य गर्न सकिने पनि बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img