Tuesday, July 15, 2025

दक्षिणकालीबाट किर्तिपुरको चम्पादेवी मन्दिरसम्म पुग्न केवलकार बन्ने, कस्तो छ आयोजना ?

spot_img
spot_img

काठमाडौँको चम्पादेवी मन्दिरमा केवलकार बन्ने भएको छ। चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले केवलकार परियोजना बनाउने तयारी गरेको हो।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) तयार पारि स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा ७ दिन भित्र सुझाव पेश गर्न भनेको छ।

कस्तो हो आयोजना ?

कम्पनीले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ देखि किर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवी मन्दिरसम्म केवलकार निर्माण गर्न लागेको हो। केवलकारको लम्बाई २.०७५ किलोमिटर हुने छ। केवलकारमा यात्रु बोक्न केबिन प्रकृतिको ३४ वटा डब्बा, २ वटा सामान बोक्ने डब्बा, र एउटा मर्मत प्रयोजनको लागि डब्बा हुने छ। यात्रु  डब्बामा एक पटकमा करिब ८०० किलो अर्थात् १० जना अटाउन सक्ने छन् ।

केवलकार ६ मिटर प्रति सेकेण्डमा कुद्ने र एकतर्फी यात्राको अवधि ७.०१ मिनेट हुने बताईएको छ। केवलकार आयोजनाको लागि कुल १२ वटा टावर निर्माण गरिने छ।  तल्लो स्टेसनमा ४०० वटा दुई पांग्रे र २०० वटा चार पाङ्ग्रे गाडी पार्किंग गर्न सकिने पार्किंग स्थल निर्माण हुने छ। माथिल्लो स्टेसनमा रेस्टुरेन्ट र मनोरंजन भवन र मनोरंजन पार्क रहने छ।

नेपाल सरकारले कम्पनीलाई केवलकार परियोजना निर्माण गर्नको ४० वर्षको लागि २.२ हेक्टर वन क्षेत्र प्रदान गरेको छ। आयोजना संचालन हुन थाले पछि स्थानीय समूह, स्थानीय निकायका प्रतिनिधि र कम्पनीका प्रतिनिधि सम्मिलित भई बन्ने चम्पादेवी फाउन्डेसन अन्तर्गत मन्दिरको स्वामित्व रहनेछ र सो फाउन्डेशनले मन्दिरको संचालन गर्नेछ ।

परियोजनाको अनुमानित लागत ६ अर्ब रहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img