Monday, July 27, 2026
spot_img

दक्षिणकालीबाट किर्तिपुरको चम्पादेवी मन्दिरसम्म पुग्न केवलकार बन्ने, कस्तो छ आयोजना ?

spot_img

काठमाडौँको चम्पादेवी मन्दिरमा केवलकार बन्ने भएको छ। चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले केवलकार परियोजना बनाउने तयारी गरेको हो।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) तयार पारि स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ। मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा ७ दिन भित्र सुझाव पेश गर्न भनेको छ।

कस्तो हो आयोजना ?

कम्पनीले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ देखि किर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवी मन्दिरसम्म केवलकार निर्माण गर्न लागेको हो। केवलकारको लम्बाई २.०७५ किलोमिटर हुने छ। केवलकारमा यात्रु बोक्न केबिन प्रकृतिको ३४ वटा डब्बा, २ वटा सामान बोक्ने डब्बा, र एउटा मर्मत प्रयोजनको लागि डब्बा हुने छ। यात्रु  डब्बामा एक पटकमा करिब ८०० किलो अर्थात् १० जना अटाउन सक्ने छन् ।

केवलकार ६ मिटर प्रति सेकेण्डमा कुद्ने र एकतर्फी यात्राको अवधि ७.०१ मिनेट हुने बताईएको छ। केवलकार आयोजनाको लागि कुल १२ वटा टावर निर्माण गरिने छ।  तल्लो स्टेसनमा ४०० वटा दुई पांग्रे र २०० वटा चार पाङ्ग्रे गाडी पार्किंग गर्न सकिने पार्किंग स्थल निर्माण हुने छ। माथिल्लो स्टेसनमा रेस्टुरेन्ट र मनोरंजन भवन र मनोरंजन पार्क रहने छ।

नेपाल सरकारले कम्पनीलाई केवलकार परियोजना निर्माण गर्नको ४० वर्षको लागि २.२ हेक्टर वन क्षेत्र प्रदान गरेको छ। आयोजना संचालन हुन थाले पछि स्थानीय समूह, स्थानीय निकायका प्रतिनिधि र कम्पनीका प्रतिनिधि सम्मिलित भई बन्ने चम्पादेवी फाउन्डेसन अन्तर्गत मन्दिरको स्वामित्व रहनेछ र सो फाउन्डेशनले मन्दिरको संचालन गर्नेछ ।

परियोजनाको अनुमानित लागत ६ अर्ब रहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img