Tuesday, July 15, 2025

‘राइड सेयरिङ’ र ‘डेलिभरी कम्पनी’ले बढाए मोटरसाइकलको माग

spot_img
spot_img

अटोमोबाइल्स बजारमा दुइ पाङ्ग्रेको ब्यापार बढ्न थालेको छ । त्यसमा पनि मोटरसाइकलको बिक्री विगतका वर्षहरुको तुलनामा निकै बढेको देखिएको छ । भन्सार विभागको तथ्याङ्कले पनि तयारी मोटरसाइकल तथा अनएसेम्बल्ड बाइकको आयात बढिरहेको देखाएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १२५ सीसीभन्दा कम क्षमताका ४३ हजार ४८२ युनिट मोटरसाइकल नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको यो अवधिमा १२५ सीसीभन्दा कम क्षमताका ४३ हजार ४५३ युनिट बाइक नेपाल आएका थिए ।
यस्तै, गत आर्थिक वर्षको जेठसम्म १२५ सीसीसम्मका ६ हजार ३५५ युनिट बाइक आयात भएकोमा यसपाली यो अवधिमा ८ हजार ९७६ युनिट बाइक आइसकेका छन् । यसैगरी, गत वर्षको जेठसम्म २०० सीसी सम्मका ७१ युनिट मोटरसाइकल आयात भएकोमा यसपाली १७० युनिट तयारी बाइक आयात भएको छ ।

गत वर्षको जेठसम्म ४०० सीसी सम्मका ११४ युनिट मोटरसाइकल आयात भएको थियो । यसपाली यस अवधिमा ४० वटा आएका छन् । गत वर्ष ५०० सीसी सम्मका २ युनिट बाइक आएका थिए । गत वर्ष जेठसम्म ८०० सीसी सम्मका ७ र ८०० सीसी माथिको एउटा बाइक आएको थियो । यसपाली यस ८०० सीसी सम्मका १८ युनिट मोटरसाइकल आएका छन् ।

अनएसेम्बल्ड मोटरसाइकलको आयात पनि बढेको छ । २०८०÷०८१ को जेठसम्म १२५ सीसीभन्दा कम क्षमताका ३४ हजार ७३७ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । यसपाली यस अवधिमा १२५ सीसीभन्दा कम क्षमताका ६५ हजार ९३२ युनिट अनएसेम्बल्ड मोटरसाइकल आएका छन् ।

यस्तै, गत आर्थिक वर्षको जेठसम्म २०० सीसीभन्दा कम क्षमताका २४ हजार ९७८ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । यसपाली यो अवधिमा यस वर्गका ३६ हजार ८९२ युनिट अनएसेम्बल्ड मोटरसाइकल आइसकेका छन् ।

यसपाली २०१ सीसीदेखि २४९ सीसी अर्थात २५० सीसीभन्दा क्षमताका अनएसेम्बल्ड मोटरसाइकलको आयात पनि बढेको छ । गत वर्षको जेठसम्म २५० सीसीभन्दा कम क्षमताका ३ हजार १८१ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएकोमा यसपाली सोही अवधिमा यस वर्गका ७ हजार ६५५ युनिट अनएसेम्बल्ड बाइक आयात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको जेठसम्म ४०० सीसी सम्मका अनएसेम्बल्ड मोटरसाइकल १० हजार २६८ युनिट आयात भएका थिए । यसपाली यो सेग्मेन्टमा पनि आयात बढेको छ । चालु आर्थिक वर्षको जेठसम्म ४०० सीसी सम्मका १२ हजार २३९ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् ।

गत आर्थिक वर्षको जेठसम्म ५०० सीसी सम्मका १६९ युनिट अनएसेम्बल्ड मोटरसाइकल आयात भएकोमा यसपाली यो वर्गका अनएसेम्बल्ड मोटरसाइकल भने आयात भएको देखिएको छैन ।

किन बढ्यो मोटरसाइकलको खपत ?
कोरोना महामारीबाट सुस्ताएको अटोमोबाइल्स बजार अहिले क्रमशः गुल्जार बनिरहेको छ । दुइ पाङ्ग्रेतर्फ मोटरसाइकलको बजार पनि क्रमशः उकालो लागिरहेको बिक्रेता तथा आयातकर्ता कम्पनीहरु बताउँछन् ।

एक मोटरसाइकल बिक्रेता कम्पनीका प्रतिनिधिका अनुसार अहिले मुख्यगरी दुइ कारणले मोटरसाइकलको बिक्री बढिरहेको छ । पहिलोः विदेश जाने तयारीमा रहेका युवाहरु ‘होल्ड’ भएर बसेका छन् । दोस्रोः राइड सेयरिङ र डेलिभरी कम्पनीहरुको उपस्थिति बढ्दो छ ।

‘विदेश जाने तयारी गरिरहेका युवाहरु अहिले विभिन्न कारणले होल्ड भएर बसेका छन्, गएर फर्किएकाहरुमध्ये अधिकांक दोहो¥याएर जान छोडेका छन्, उनीहरु यहीँ कुनै न कुनै काममा आवद्ध हुने क्रम बढिरहेको छ’ ति प्रतिनिधि भन्छन्, ‘यस्ता वर्गमा अधिकांश केटा मान्छे छन्, उनीहरुले बाइक किनिरहेका छन् ।’

यस्तै, पठाओ, इन्ड्राइभ, टुटल जस्ता राइड सेयरिङ सेवा तथा पार्सल र फूड डेलिभरी कम्पनीहरुका कारण पनि दुइ पाङ्ग्रे सवारीको बजार क्रमशः बढ्दै गएको अर्का एक जना व्यवसायी बताउँछन् । राइड सेयरिङ र डेलिभरी कम्पनीमा राइडरहरु अधिकांश पुरुष हुने गरेको र उनीहरुमध्ये अधिकांशले मोटरसाइकल नै किन्ने गरेको ति व्यवसायीको भनाइ छ ।

‘अहिले राइड सेयरिङ प्लेटफर्महरु बढेका छन्, फूड डेलिभरी र पार्सल डेलिभरी सेवा दिने कम्पनीहरु पनि आइरहेका छन् । यी दूबै खाले सेवाका कारण दुइ पाङ्ग्रे साधनको माग बढेको छ’, ति व्यवसायी भन्छन्, राइड सेयरिङमा ९० प्रतिशत राइडहरु पुरुष देखिन्छन्, डेलिभरीमा पनि यस्तै यस्तै छ । यीमध्ये अधिकांशले बाइक नै लिने गरेका छन्, केही केहीले स्कुटर लिन्छन् ।’

व्यवसायीहरुका अनुसार अहिले बजारमा १२५ सीसीभन्दा माथिका मोटरसाइकलको माग बढिरहेको छ । तयारी बाइक तथा अनएसेम्बल्ड बाइकको आयातको तथ्याङ्कले पनि यो कुरालाई पुष्टि गर्ने व्यवसायीहरुको भनाइ छ । साथै, १२५ सीसी सम्मका स्कुटरको माग पनि उल्लेख्य रुपमा बढेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img