Wednesday, August 26, 2026
spot_img
spot_img

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

spot_img

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २८ गते साधारणसभा बोलाएको हो।

कम्पनीको विशेष साधारणसभामा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धका विविध प्रस्ताव पेश हुने छन् ।  ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते साँझ ६:१५ बजे बसेको संचालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति गर्ने निर्णय गरेको थियो।

ओम मेगाश्रीले साधारणसभा प्रयोजनको लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु:

१. ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने ।

२. प्राप्ति प्रक्रियाका सम्बन्धमा हालसम्म भएका काम–कारबाही, निर्णय, पत्राचार, नियामक निकायसँग भएका प्रक्रिया तथा आवश्यक कार्यहरू अनुमोदन गर्ने ।

३.Due Diligence Audit (DDA) प्रतिवेदन तथा सोसँग आबद्ध सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन
र स्वतन्त्र मूल्याङ्कनकर्ताको सिफारिसका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात/शेयर आदान– प्रदान अनुपात स्वीकृत गर्ने ।

४. रोयल फर्मास्युटिकल्स प्रा. लि. लाई ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी अन्तिम समझदारीपत्र, प्राप्ति योजना, व्यावसायिक योजना तथा आवश्यक अन्य कागजातहरू स्वीकृत गर्ने ।

५. प्राप्तिपश्चात् रोयल फर्मास्युटिकल्स प्रा. लि. का शेयरधनीहरूलाई स्वीकृत शेयर स्वाप अनुपातबमोजिम ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गर्ने ।

६. प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए सो संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

७. कम्पनी ऐन, २०६३, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी एण्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग तथा अन्य सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशन, स्वीकृति वा सुझावअनुसार आवश्यक संशोधन, परिमार्जन तथा कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

८. प्राप्ति प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कागजातमा हस्ताक्षर गर्ने, नियामक निकायमा निवेदन दिने, स्वीकृति प्राप्त गर्ने, शेयर सूचीकरण, डिम्याट, अभिलेख संशोधन तथा अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...