आर्थिक कुटनीति र लगानी प्रवद्र्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता

spot_img

नेपाल चेम्बर अफ कमर्स र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडी)बीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनमासहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेका छन् ।

चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कुटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरुलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाईएको छ ।

व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कुटनीति र लगानी अभिवृद्धि जस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्त रुपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ ।

दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कुटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्य मार्फत आर्थिक कुटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आईआरजीडीडीसंग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...