आज सोमबार सुनको भाउ बढेको छ । आइतबार २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ९ सय रुपैयाँले बढेरप्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ ।












