२०८१ सालको असोजमा आएको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको पुनर्निर्माण जापान सरकारले सुरु गरेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जिम्मा लिएको पिप्ले–बर्खेखोला खण्डको पुनर्निर्माण सुरु गरेको हो ।
जाइकाले पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सुरु गरेको सडक विभागले जनाएको छ ।
सोमबार जापानका लागि नेपाली राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्दैछन् । जापानको सिमिजु कर्पोरेसनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ ।
जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी कार्तिक १३ गते सम्झौता भएको थियो ।
उक्त बाढी तथा पहिरोबाट बिपी राजमार्गको ३०.५ किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने गरी क्षतिग्रस्त बनेको थियो । १५९ किलोमिटर लामो बिपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक सहयोगमा २०७२ सालमा निर्माण सम्पन्न भएको थियो ।












