सरकारले विभिन्न ४ वटा निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको हो।
यस्ता छन् निर्णय
१. नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गर्ने।
२. आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रति क्वीन्टल रू. ३,८६० तोकिएको छ।
३. सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।
४. नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय ।












