Tuesday, August 4, 2026
spot_img

३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको सम्भावना उच्च

spot_img

नेपाल धितोपत्र बोर्डमा आज अध्यक्ष नियुक्त हुन सक्ने सम्भावना देखिएको छ । आज जेठ ११ गते साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।

यस बैठकले बोर्डमा अध्यक्ष नियुक्त गर्ने सम्भावना उच्च रहेको बताईएको छ। बोर्ड अध्यक्ष सिफारिस गर्न गठिन सिफारिस समितिले गत शुक्रबार नै सर्टलिस्टमा परेका ४ जनासँग छुट्टाछुट्टै छलफल गरिसकेको छ।

बोर्ड अध्यक्षको लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री, डा. गोपाल प्रसाद भट्ट सर्टलिस्टमा परेका छन् । अध्यक्षको लागि आवेदन दिएका ४७ जना मध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरिएको हो। सर्टलिस्टमा परेका हरेकसँग समितिले गत शुक्रबार हरेकसँग आधा घण्टा छलफल गरेको थियो ।

छलफलपछि सिफारिस समितिले सर्टलिस्टमा परेका ४ जना मध्येबाट ३ जनाको नाम सिफारिस गरिसकेको बताईएको छ । अब सिफारिसमा परेका ३ जना मध्येबाट सरकारले एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ।

सर्टलिस्टमा परेका नवराज अधिकारी धितोपत्र बोर्डमै २७ वर्ष सेवा गरेर एक महिना अगाडी मात्र अवकाश पाएका हुन्। उनले ५८ वर्ष उमेर हदका कारण कार्यकारी निर्देशक पदबाट अवकाश पाएका हुन्।

त्यस्तै विनयदेव आचार्य अहिले पनि धितोपत्र बोर्ड कै कार्यकारी निर्देशक पदमा कार्यरत छन्। 

मुकुन्द कुमार क्षेत्री नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्, उनले २०८१ चैत्रमा अवकाश पाएका थिए।

डा. गोपाल भट्ट पनि राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएका हुन्, उनले शेयरबजार मै Phd गरेका छन् । यिनै गोपाल भट्टले पनि आवेदन दिएपछि सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा थिए। उनीहरु दुई जना दाजुभाई पर्ने भएकोले स्वार्थ बाझिने भन्दै डा. गुणाकर भट्टले राजीनामा दिए।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा...

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ ।...

यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले...

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...

सुनको भाउ घट्यो, चाँदी महँगियो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img