सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खे धानको समर्थन मूल्य गत आर्थिक वर्षको तुलनामा बढाएर तोकेको हो ।
जस अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ तोकिएको हो । गत वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ तोकिएको छ । अघिल्लो वर्ष यस्तो धानको मूल्य क्वीन्टलको तीन हजार ६२८ रुपैयाँ थियो ।
मन्त्रिपरिषद बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा धानको समर्थन मूल्य तोकेको हो । गत वर्षको तुलनामा धानको मूल्य बढेकाले यसपाली किसानलाई राहत हुने भएको छ ।












