Tuesday, July 15, 2025

यस्ता छन् असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

spot_img
spot_img

सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार सार्वजनिक खरिद निर्णयको संक्षिप्त व्यहोरा समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति दिइएको छ ।

यही असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने ‘हाई लेवल इन्टररिजनल नलेज एक्सचेन्ज अन वान कन्ट्री वान प्राइरोटि प्रोजेक्ट (ओसिओपी) मोडेल्स्’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति दिइएको मन्त्री गुरुङले जानकारी दिए ।

उनका अनुसार खानेपानी र सरसफाइ क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टीरियल कमिट्मेन्ट ः अ नेसनल ट्रान्सफर्मेसन इन, एण्ड थ्रु, वाटर, सेनिटेशन एण्ड हाइजिन’ विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न सरकारले स्वीकृति दिएको छ ।

सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र धनकुटाका वसन्तराज पुरी तथा तनहुँका गोविन्द शर्मा गैरे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ । कर्जा असुली न्यायाधिकरणको आव २०८१/८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्री गुरुङले जानकारी दिए।

साथै, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औँ सत्रको ‘अफ द वल्र्ड हेरिटेज कमिसन’ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिइएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने, प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने एवं नेपाल र भारत सरकारबीच हस्ताक्षर हुने ‘कोअपरेशन इन द फिल्ड अफ हेल्थ एण्ड मेडिसिन’ विषयक समझदारीपत्र स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले बताए ।

त्यस्तै नेपाल र भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने, राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने, खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारका निर्णयहरू रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img