Friday, April 10, 2026
spot_img
spot_img

भारत र पाकिस्तानबीच आजैबाट लागु हुने गरि युद्धविरामको सहमति

spot_img
spot_img

भारत र पाकिस्तानबीच लामो समयदेखिको सैन्य तनावपछि शनिबार साँझदेखि पूर्ण र तत्काल युद्धविरामको सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको रातभरको वार्तापछि दुवै देशका सैन्य अधिकारीहरूले यो सहमति गरेका हुन्।

भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ एक संक्षिप्त पत्रकार सम्मेलनमा यो युद्धविरामको पुष्टि गरे। उनले भने, “पाकिस्तानको सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले आज दिउँसो ३:३५ बजे भारतको डीजीएमओसँग फोनमा कुराकानी गरे। दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति गरे। यो सहमति आज साँझ ५ बजेदेखि लागू भएको छ।”

पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि सामाजिक सञ्जाल एक्समा युद्धविरामको पुष्टि गर्दै लेखेका छन् “पाकिस्तान सधैं क्षेत्रीय शान्ति र सुरक्षाको पक्षमा छ, तर हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता गर्दैन।” उनले यो युद्धविराम पूर्ण र आंशिक नभएको बताए।

यो युद्धविरामको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेका थिए। उनले लेखेका थिए “लामो रातको वार्तापछि, मलाई यो घोषणा गर्न खुशी लागेको छ कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। दुवै देशलाई सामान्य बुद्धि र उत्कृष्ट बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई।”

यो सहमति गत महिना जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बढेको सैन्य तनावलाई कम गर्नका लागि भएको हो। उक्त हमलामा २६ जनाको मृत्यु भएको थियो, जसलाई भारतले पाकिस्तानद्वारा समर्थित आतंकवादी समूहको काम भनेको थियो। पाकिस्तानले भने यो आरोप अस्वीकार गरेको छ।

दुवै देशका सैन्य अधिकारीहरूले आगामी सोमबार पुनः कुराकानी गर्ने योजना बनाएका छन्। यद्यपि, दुवै पक्ष अझै पनि उच्च सतर्कतामा छन्, किनकि हालैका हमलाहरूमा नागरिकको ज्यान गएको छ र ठूलो क्षति भएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...
spot_img