Wednesday, June 24, 2026
spot_img

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

spot_img
spot_img

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबार देखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन्। महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री  वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन) तलब प्राप्त गरेका थिए।

१५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गदै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए। “१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ । उपभोग र माग दुवै बढ्छ,” अर्थमन्त्री वाग्लेले भने ,“यो पाइलट परियोजनाको रुपमा संघीय निजामती कर्मचारीमा लागू गरिएको हो । विस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनुहुन्छ ।”

उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए ।

सो अवसरमा बोल्दै महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अब विस्तारै प्रदेश तथा अन्य सेवाका सरकारी कर्मचारीले पनि १५ दिनमा तलब पाउने बताए। १५ दिनमा तलब दिन आफ्नो कार्यालय प्राविधिक रुपमा तयार रहेको भन्दै उनले यसलाई क्रमैसँग अघि बढाउने बताए । उनकाअनुसार अहिले रहेको प्रणालीबाट १५ दिन वा एक महिना जुन समयमा कर्मचारीले तलबको माग गर्नुहुन्छ सोही समयमा तलब दिन सकिन्छ । अर्धमासिक रुपमा कर्मचारीलाई तलब भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने उनको भनाई छ । यस्तै, यसले उपभोग खर्चको वितरण समान रुपमा फैलिने साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने महालेखा नियन्त्रक पौडेलले बताए । १५ दिनमा तलब दिँदा सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको उनको भनाई छ ।

गत वैशाख ४ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रुपमा अघि बढाउने निर्णय गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...
spot_img