Tuesday, June 16, 2026
spot_img

केही ब्रोकरले कोल्याट्रलमा गडबड गरेपछि नेप्सेको कडा निर्देशन, २५ % रकम पहिल्यै तिर्नुपर्ने

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबारमा खरिद आदेश प्रविष्ट गर्दा अनिवार्य रुपमा धितोपत्र कारोबार सञ्चालन विनियमावली कार्यान्वयन गर्ने सबै ब्रोकरलाई निर्देशन दिएको छ। नेप्सेको सुपरिवेक्षण विभागले आज ९२ वटै ब्रोकरलाई यसबारे निर्देशन दिएको हो ।

केही ब्रोकरहरुले लगानीकर्ताहरुको बास्तविक Collateral Limit रकम भन्दा बढि गुणामा खरिद आदेश प्रविष्टी गर्न दिने, अस्थायी खरिद आदेश प्रविष्टी गरी माग उच्च देखाउने लगायतका कार्य गरी बजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप गरेको देखिएको भन्दै नेप्सेले आज यसबारे निर्देशन दिएको हो । नेप्सेले यसरी कोल्याट्रलमा गडबड गर्ने ब्रोकर कम्पनीलाई छुट्टै स्पष्टीकरण सोध्ने, सचेत गराउने लगायतका कार्य पनि गर्ने जनाएको छ।

नेप्सेका अनुसार लगानीकर्ताहरुको बास्तविक Collateral Limit रकम भन्दा बढि गुणामा खरिद आदेश प्रविष्टी गर्न दिने, अस्थायी खरिद आदेश प्रविष्टी गरी माग उच्च देखाउने लगायतका कार्य गरी बजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप  धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) को व्यवस्था विपरित हुन्छ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ ( १ ) अन्तर्गत कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिन व्यवस्था गर्न निर्देशन दिएको छ । अर्थात् अब खरिद अर्डर राख्नको लागि लगानीकर्ताले अनिवार्य रुपमा २५ प्रतिशत रकम अग्रिम रुपमा तिर्नु पर्ने छ ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (८) को व्यवस्था विपरित लगानीकर्ताको Collateral Limit रकम भन्दा बढि रकम खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टी गर्नका लागि उपलब्ध गराउने कार्य नगर्ने / नगराउन सबै ब्रोकरलाई निर्देशन दिएको छ ।

हेर्नुस् निर्देशन 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img