Friday, January 24, 2025
spot_img

एनपीएलमा खरिद ऐन उल्लङ्घन भएको बारे प्रधानमन्त्री कार्यालयले क्यानसँग माग्यो जवाफ

सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल प्रिमीयर लिग (एनपीएल)को आयोजनामा भएको भनिएको खरिद ऐन उल्लङ्घनबारे क्रिकेट संघसँग जवाफ माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विदेशी एजेन्सीसँग एनपीएलको प्रत्यक्ष प्रशारण लगायतका सम्झौता गर्दा सार्वजननिक खरिद ऐन विपरित भएको भन्ने गुनासो आएको भन्दै क्रिकेट संघसँग जवाफ माग गरेको हो ।

कार्यालयले मंसिर १२ गते नै ७ दिनभित्र प्रमाणित कागजात पेश गर्न क्यानलाई आदेशानुसार निर्देशन दिएको हो । कार्यालयले क्यानसँग प्रष्टिकरण माग गरेको पत्रमा कार्यालयका इन्जिनियर सुभाष कुमार खड्का क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

नेपाल विज्ञापन संघ सहितका संगठनहरुले एनपीएलको प्रत्यक्ष प्रशारण लगायतका सम्झौता हुँदा सार्वजनिक खरिद ऐनलाई वेवास्ता गरिएको भन्दै क्यानविरुद्द उजुरी दिएका थिए ।

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक छ भने ‘पावर्ड बाई’मा एनसेल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

४० बस थपेर महानगर यातायातद्वारा थानकोट-धुलिखेल रुटमा सेवा सुरु, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको...