Monday, June 22, 2026
spot_img

एनपीएलमा खरिद ऐन उल्लङ्घन भएको बारे प्रधानमन्त्री कार्यालयले क्यानसँग माग्यो जवाफ

spot_img
spot_img

सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल प्रिमीयर लिग (एनपीएल)को आयोजनामा भएको भनिएको खरिद ऐन उल्लङ्घनबारे क्रिकेट संघसँग जवाफ माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विदेशी एजेन्सीसँग एनपीएलको प्रत्यक्ष प्रशारण लगायतका सम्झौता गर्दा सार्वजननिक खरिद ऐन विपरित भएको भन्ने गुनासो आएको भन्दै क्रिकेट संघसँग जवाफ माग गरेको हो ।

कार्यालयले मंसिर १२ गते नै ७ दिनभित्र प्रमाणित कागजात पेश गर्न क्यानलाई आदेशानुसार निर्देशन दिएको हो । कार्यालयले क्यानसँग प्रष्टिकरण माग गरेको पत्रमा कार्यालयका इन्जिनियर सुभाष कुमार खड्का क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

नेपाल विज्ञापन संघ सहितका संगठनहरुले एनपीएलको प्रत्यक्ष प्रशारण लगायतका सम्झौता हुँदा सार्वजनिक खरिद ऐनलाई वेवास्ता गरिएको भन्दै क्यानविरुद्द उजुरी दिएका थिए ।

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक छ भने ‘पावर्ड बाई’मा एनसेल रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img