NPL मा सिद्धार्थ बैंकको प्रायोजन: ३ वर्षअघि लिएको त्यो जोखिम, अहिले उत्कृष्ट सावित

spot_img
spot_img

२०८१ सालको कार्तिक ३० गते एउटा विषय सार्वजनिक भयोः नेपाल प्रिमीयर लिग (एनपीएल)को मुख्य प्रायोजक बन्यो सिद्धार्थ बैंक । पहिलो संस्करण आयोजनाको तयारीमा रहेको क्रिकेट संघ (क्यान) त्यतिबेला प्रायोजक खोज्नेदेखि अन्य आन्तरिक व्यवस्थापनका काममा लागिरहेको थियो । यसैक्रममा क्यानले सिद्धार्थ बैंकलाई पनि अवधारणा प्रस्तुत गरेको थियो ।

त्यसपछि सिद्धार्थ बैंक मुख्य प्रायोजक बन्न तयार भयो । त्यो पनि एक सिजन वा दुइ सिजनका लागि होइन, एकैपटक पाँच संस्करणका लागि क्यान र बैंकबीच सम्झौता गरियो । अर्थात् सन् २०२४ देखि २०२९ सम्म आयोजना हुने एनपीएलमा सिद्धार्थ बैंक मुख्य प्रायोजक रहने भयो । यसका लागि बैंकले २० करोड रुपैयाँमा सम्झौता गरेको हो ।

२०८१ मंसिर १५ देखि पौष ६ गतेसम्म पहिलो संस्करण र २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । अहिले एनपीएलको तेस्रो संस्करण जारी छ । २०२४ मा एनपीएल सुरु हुँदा यति चाँडै यो स्तरको उचाइ कायम होला भन्ने सायदै अनुमान थियो । तर, सिद्धार्थ बैंकले आँट गरेर एकैपटक पाँच वर्षका लागि सम्झौता गर्‍यो । त्यतिबेला कुनै पनि कर्पोरेट हाउसले नेपाली खेलकुद प्रतियोगीतामा गरेको यो नै सबैभन्दा ठूलो र लामो अवधिको सम्झौता थियो ।

के सोचेर सिद्धार्थ बैंक प्रायोजन गर्न तयार भयो ?
सिद्धार्थ बैंकका चिफ मार्केटिङ अफिसर सुरेश राज महर्जनका अनुसार जुनबेला एनपीएलको मुख्य प्रायोजक बन्ने निर्णय लिइयो, त्यतिबेला नै बैंकको व्यवस्थापन टिम एनपीएलले उचाइ लिनेमा विश्वस्त थिए । ‘कुनै पनि लिगहरु अपेक्षाकृत सफल नभइरहेका बेला एनपीएल पनि के हुन्छ भन्ने शंका थियो, तर हामीले जब क्यानले अवधारणा हेर्‍यौँ, त्यतिबेला नै हामीलाई यो लिग सफल हुन्छ भन्ने विश्वास थियो’ उनी भन्छन्, ‘उहाँहरुको व्यवस्थापन, अन्तर्राष्ट्रिय अनुभव जस्ता कुराहरुले हामी ढुक्क थियौँ । त्यहीँ भएर जोडिने निर्णय गरेका हौँ ।’

साथै, २० वटा वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंक किन फरक छ भन्ने सन्देश दिन पनि आफूहरु एनपीएलमा जोडिएको उनको भनाइ छ । देशभरीका नेपालीहरुको भावनासँग जोडिने र खासगरी युवा पुस्तामाझ प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्यले बैंकले एनपीएलमा जोडिने निर्णय गरेको महर्जन बताउँछन् । ‘२० वटा वाणिज्य बैंक छन्, सबैले गर्ने काम उस्तै छ । तर, सिद्धार्थ बैंक फरक छ भनेर हामी युवा पुस्तामा जोडिने प्रयास गरिरहेका थियौँ’ उनी स्मरण गर्छन्, ‘ठिक त्यसै बेला एनपीएलमा जोडिने प्रस्ताव आयो, क्यानको अवधारणा हेरियो । हाम्रो लक्ष्यसँग मिल्ने देखिएपछि हामी जोडियौँ ।’

उनले एकैपटक लामो अवधिको सम्झौता गरिनुको कारण पनि खुलाएका छन् । नेपाली खेलकुद क्षेत्रको विकास लागि छोटो अवधि (एक वर्ष, दुइ वर्ष) को लगानी वा प्रायोजनले अपेक्षा अनुरुपको नतिजा दिँदैन भन्ने लागेर आफूहरु एकैपटक पाँच वर्षको लागि सम्झौता गर्न तयार भएको महर्जनले सम्झिए । ‘कति समयका लागि आवद्ध हुने भन्ने अप्सन थियो हामीलाई, तर हामीले लामो अवधि नै हेर्‍यौँ । त्यहीँ भएर एकैपटक पाँच वर्षको लागि सम्झौता गर्‍यौँ’ उनले भने ।

अहिले फर्केर हेर्दा बैंकलाई ठिक निर्णय गरिएछ भन्ने लागेको छ । पहिलो संस्करणबाटै उचाइ कायम गरेको एनपीएल तेस्रो संस्करणसम्म आइपुग्दा कारोबार र ब्राण्ड भ्यालूका हिसाबले पनि माथि पुगिसकेको छ । ‘हामीले सर्ट ट्रम मात्रै हेरेर दुइ वर्षको लागि सम्झौता गरेको भए तेस्रो वर्षमा आउँदा स्पेश नपाउन सक्थ्यौँ’ महर्जन भन्छन्, ‘अहिले चार्म बढेको छ, एनपीएलको टाइटल स्पोन्सरमा जोडिने धेरैको चाहना पनि होला । अहिले फर्केर हेर्दा ३ वर्ष अघिको निर्णयप्रति हामी भने खुशी छौँ ।’

इभेन्ट् ठूलो भयो, सिद्धार्थलाई फाइदाः विज्ञापन संघ
विज्ञापन संघका अध्यक्ष सुदीप थापाले सिद्धार्थ बैंकले सुरुवातै राम्रो मूल्यमा प्रायोजन सम्झौता गरेका कारण अहिले उसलाई लाभ पुगिरहेको बताएका छन् । यस्ता इभेन्टहरुमा कर्पोरेट हाउसहरुले जोखिम मोलेरै लगानी गर्ने भएकाले ३ वर्ष अघि सिद्धार्थ बैंकले गरेको निर्णय अहिले हेर्दा प्रभावकारी सावित भएको उनको भनाइ छ ।

‘सिद्धार्थले चार्म नहुँदै एउटा गुड अमाउण्टमा सम्झौता गर्‍यो, त्यतिबेला ५ सिजनको २० करोड धेरै लाग्थ्यो, अहिले लो कस्ट लाग्छ’ थापाले भने, ‘इभेन्टमा प्रायोजक र आयोजक दूबैले हाइप क्रियट गराएर भ्यालू बढाउन खोज्छन् । अहिले सिद्धार्थको त्यो निर्णय फ्रुटफुल नै देखिन्छ ।’

उनका अनुसार एनपीएल तेस्रो संस्करणमा आइपुग्दा मुख्य प्रायोजक बन्न धेरै कम्पनी तथा ब्राण्डहरु इच्छुक भइरहेका छन् । तर, सम्झौता अनुसार अझै दुई संस्करणको मुख्य प्रायोजक सिद्धार्थ बैंक नै रहनेछ । साथै, ‘अडियन्स साइड’ प्रत्येक वर्ष बढिरहेकाले पहिलो संस्करणको तुलनामा मुख्य प्रायोजक बन्न दोब्बर मूल्य तिर्न धेरै कम्पनीहरु तयार नै देखिने विज्ञापन बजारका जानकारहरु बताउँछन् ।

यसपाली एनपीएलमा विज्ञापनका रुपमा १२० ब्राण्ड जोडिएका छन् । यस्तो ‘बिग इभेन्ट’ले ब्राण्ड भ्यालू बढाउन स्वभाविका रुपमा मद्दत पुग्ने भएकाले प्रायोजन गर्न ब्राण्ड तथा कम्पनीहरु लालायीत हुने अध्यक्ष थापा बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कन्टेन्ट क्रियटरमार्फत पर्यटन प्रवर्द्धन गर्न आवेदन माग

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय...

शेयरबजारमा नयाँ वित्तीय उपकरण ल्याउन समिति गठन

नेपाल धितोपत्र बोर्डले नेपालमा नवीनतम वित्तीय उपकरण विकास तथा...

एनपीएलका हरेक छक्का र चौकमार्फत हाब्रे संरक्षणका लागि योगदान दिँदै इसेवा

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल)...

सलिको Golf Tournament को मिति परिवर्तन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा शनिबारका लागी...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सोना खोला जलविद्युत् आयोजना ९ मेगावाटको प्रबर्द्धक कम्पनी हिमाली...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा दिनेश थकाली

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत रूपमा...