एनपीएलका हरेक छक्का र चौकमार्फत हाब्रे संरक्षणका लागि योगदान दिँदै इसेवा

spot_img
spot_img

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत दुर्लभ तथा सङ्‌कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार र प्रत्येक चौकाबापत १ हजार रकम (करसहित अधिकतम सीमा रु. १० लाखसम्म) योगदान गर्ने भएको हो ।

एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको हो । यस सम्बन्धमा इसेवा, रेड पान्डा नेटवर्क तथा रेड पान्डा नेटवर्क नेपालबीच त्रिपक्षीय साझेदारी भएको हो ।

एनपीएलमा प्रहार हुने बाउन्ड्रीबापत इसेवाले योगदान दिने रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्‌घ (आइयूसीएन) को रातो सूचीमा सङ्‌कटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्त्वपूर्ण मानिन्छ । यस अभियानअन्तर्गत रेड पान्डाको बासस्थान रहेको इलाम तथा पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन-जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

यसअन्तर्गत स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनर्स्थापना गर्ने कार्यहरू समावेश हुनेछन् । यस अभियानअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइनेछ ।

अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग सम्पूर्ण क्रिकेटप्रेमीका लागि ठुलो उत्सव भएको बताउँदै खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरिएको बताए ।

“नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि एउटा ठुलो उत्सव हो । एनपीएलमा प्रहार हुने हरेक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षणमा सघाउँदै खेलको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरेका छौँ,” शाक्यले भने, “यस अभियानमार्फत खेलकुदको सकारात्मक प्रभावद्वारा जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने हाम्रो लक्ष्य छ । क्रिकेटप्रेमीको यो साझा उत्सवले संरक्षणको क्षेत्रमा पनि अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।”

यस अभियानले खेलकुदमार्फत जैविक विविधताको संरक्षणमा योगदान पुर्‍याउनुका साथै संरक्षण क्षेत्रमा स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनका अवसर सिर्जनामा समेत टेवा पुग्ने इसेवाको विश्वास रहेको छ ।

एनपीएल अवधिभर प्रत्येक चौका र छक्काबाट जम्मा भएको योगदानको विवरण इसेवाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । यस अभियानमार्फत इसेवाले डिजिटल भुक्तानीको दायरालाई वातावरण संरक्षण र समुदायको हितसँग जोड्दै जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कन्टेन्ट क्रियटरमार्फत पर्यटन प्रवर्द्धन गर्न आवेदन माग

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय...

शेयरबजारमा नयाँ वित्तीय उपकरण ल्याउन समिति गठन

नेपाल धितोपत्र बोर्डले नेपालमा नवीनतम वित्तीय उपकरण विकास तथा...

सलिको Golf Tournament को मिति परिवर्तन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा शनिबारका लागी...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सोना खोला जलविद्युत् आयोजना ९ मेगावाटको प्रबर्द्धक कम्पनी हिमाली...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा दिनेश थकाली

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत रूपमा...

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...