डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा दिनेश थकाली

spot_img
spot_img

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत रूपमा चयन भएका छन्। एसोसिएसनको २०८३ साल कात्तिक १३ गते शुक्रबार सम्पन्न २१औँ साधारण सभाले आगामी दुई वर्षका लागि एसोसिएसनको अध्यक्षमा थकालीलाई अध्यक्ष चयन गरेको हो । अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकाली कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।

एसोसिएसनको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्। त्यस्तै, सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारामान मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...

राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट...

तोलामा ३२ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो

नेपाल अतिकम विकसित देश (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने...

शुक्रबार एनपीएलमा ब्रेक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार...

पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ...