राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र

spot_img
spot_img

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैक लिमिटेडका शेयरधनीहरूको शेयरपूँजी घटाईदिएको छ। राष्ट्र बैंकले संस्थापक शेयरधनीतर्फ २५ शेयरधनी र साधारण शेयरधनीतर्फ १० शेयरधनीको शेयरपूँजी घटाईदिएको हो। उनीहरुको शेयर पुँजी घटाएर १ प्रतिशत कायम गरिएको छ।

नेपाल राष्ट्र बैकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो। त्यसपछि संस्थाको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहबाट भईरहेको छ। सो समूहले संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन ( Due Deligence Audit) गर्दा संस्थाको चुक्ता पूँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको थियो ।

साथै केही शेयरधनीहरुबाट चुक्ता हुनुपर्ने शेयरपूँजी बापतको रकम अवैधानिक रुपमा  चुक्ता भएको देखिएको हुँदा संस्थाको पुनर्संरचना गर्ने क्रममा राष्ट्र बैंकले ति शेयरधनीको पुँजी घटाईदिएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ. को उपदफा (१) को खण्ड (च) तथा खण्ड (ज) र दफा ८६. बमोजिम पुँजी घटाएको हो ।

चुक्ता पूँजी घटाई कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखिकरण कार्यको लागि कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा (२) बमोजिम सुनुवाई प्रयोजनको लागि २०८३ मङ्सिर ९ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा सुनुवाई हुने छ। पुँजी घटाउने प्रक्रियामा कुनै शेयरधनीको  दावी विरोध भए सवुद प्रमाण सहित उपस्थित हुन व्यवस्थापन समूहले आग्रह गरेको छ।

क-कसको शेयर घट्यो ?

संस्थापक शेयरधनीतर्फ

राजेन्द्रवीर राय
पशुपति दयाल मिश्रा
तारा गुरुङ्ग
असन्त वीर राय
ओमप्रताप राणा
विष्णु प्रसाद कक्षपती
ओम प्रकाश आजाद
रिजेन्द्र वीर राय
रुजेन्द्र वीर राय
डा. उषा शाह
मोहन राम मिश्रा
शंकर दयाल मिश्रा
मन कुमारी चौधरी
असन्त वीर राय
ओम प्रकाश आजाद
टंक बहादुर बस्नेत
पशुपति दयाल मिश्रा
उषा राणा शाह
कमला वि.क.
युवराज अधिकारी
ओम प्रकाश मिश्रा
राजेन्द्र वीर राय
सुनौलो ईन्भेष्टमेन्ट प्रा. लि
नानी गुरुङ्गसेनी
तारा गुरुङ्ग

सर्वसाधारण शेयरधनीतर्फ

युवराज अधिकारी
तारा गुरुङ्ग
ओम प्रकाश आजाद
तारा गुरुङ्ग
नानी गुरुङ्गसेनी
सुनौलो ईन्भेष्टमेन्ट प्रा. लि
राजेन्द्र वीर राय
युवराज अधिकारी
टंक बहादुर बस्नेत
ओम प्रकाश आजाद

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...

तोलामा ३२ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो

नेपाल अतिकम विकसित देश (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने...

शुक्रबार एनपीएलमा ब्रेक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार...

पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ...

नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)...