Friday, May 23, 2025
spot_img

सुनको भन्सार दर घटाउन माग

spot_img

सुनचाँदी व्यवसायीहरुले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसमक्ष सुनचाँदीको भन्सार दर घटाउन माग गरेका छन् । भारतमा सुनको भन्सार दर ६ प्रतिशत कायम भएको र नेपालमा २० प्रतिशत तोकिएकाले व्यापार असन्तुलन हुन गई सुनको अवैध कारोबार बढ्ने र राजस्वसमेत गुम्न जाने भन्दै व्यवसायीहरुले सुनको भन्सार दर ८ प्रतिशतमा झार्न माग गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त टोलीले उपप्रधान एवम् अर्थमन्त्री पौडेलसँग भेटगरी यस्तो माग गरेका हुन् ।

सुनचाँदी व्यवसायी सम्वद्ध ३ वटै महासंघले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर, नेपालमा भने भन्सार दर २० प्रतिशत कायम रहेकोले व्यापार असन्तुलन हुन गएको र यस्तो असन्तुलनलाई रोक्न तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img