Monday, July 13, 2026
spot_img

सुनको भन्सार दर घटाउन माग

spot_img

सुनचाँदी व्यवसायीहरुले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसमक्ष सुनचाँदीको भन्सार दर घटाउन माग गरेका छन् । भारतमा सुनको भन्सार दर ६ प्रतिशत कायम भएको र नेपालमा २० प्रतिशत तोकिएकाले व्यापार असन्तुलन हुन गई सुनको अवैध कारोबार बढ्ने र राजस्वसमेत गुम्न जाने भन्दै व्यवसायीहरुले सुनको भन्सार दर ८ प्रतिशतमा झार्न माग गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त टोलीले उपप्रधान एवम् अर्थमन्त्री पौडेलसँग भेटगरी यस्तो माग गरेका हुन् ।

सुनचाँदी व्यवसायी सम्वद्ध ३ वटै महासंघले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर, नेपालमा भने भन्सार दर २० प्रतिशत कायम रहेकोले व्यापार असन्तुलन हुन गएको र यस्तो असन्तुलनलाई रोक्न तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img