नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा गहनासम्बन्धी कर तथा शुल्कमा नयाँ व्यवस्था गरेको छ ।
जस अनुसार २०८२ साल भदौ २ गतेअघि प्रचलित कानुन बमोजिम बिक्री गरिएको सुन तथा सुनका गहनामा लागेको विलासिता शुल्क तथा हिरा, जवाहरात, रत्न तथा पत्थरमा लागेको मूल्य अभिवृद्धि कर (VAT) बिक्रीमा समायोजन नभएको अवस्थामा स्वतः मिनाहा हुने व्यवस्था गरिएको छ। त्यस्तै सुनका गहनामा लाग्दै आएको विलासिता शुल्क तथा हिरामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) खारेज गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ देखि सुन तथा चाँदी दुवैमा सीप प्रवर्द्धन शुल्क बापत ०.५ प्रतिशत असुल गरिने व्यवस्था गरिएको छ। त्यस्तै सुनको भन्सार १० प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरिएको छ । त्यस्तै चाँदीको भन्सार पनि बढाएर २० प्रतिशत र हिराको भन्सार दर बढाएर ५ प्रतिशत कायम गरिएको छ ।












