Wednesday, June 10, 2026
spot_img

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

spot_img
spot_img

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

तर कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसुचकहरूमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्तावित लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको कम्पनीले उल्लेख गरेको छ। प्रचलित नीति नियम तथा सरोकारवालाहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै  आर्थिक वर्ष २०८१ / ०८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

लाभांश प्राप्त नहुने अवस्था सिर्जना भएकोले कम्पनीले शेयरधनी, लगानीकर्ता तथा तमाम सरोकारवालाहरूमा पर्न गएको  अन्योल र असुविधाप्रति गहिरो दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ। संस्थाको दीर्घकालीन व्यावसायिक स्थायित्व र हितका लागि चालिएको यस बाध्यात्मक कदमलाई सकारात्मक रूपमा लिइदिन पनि कम्पनीले आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img