Wednesday, June 10, 2026
spot_img

डेविट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्न राष्ट्र बैंकको निर्देशन

spot_img
spot_img

अब बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेविट र क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन संगै वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरु जारी गर्ने डेविट / क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्नेछ ।

त्यस्तै अब ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन इजाजतपत्रप्राप्त संस्थाले त्यस्ता ग्राहकहरुका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ। यसको अलावा इजाजतपत्रप्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ र यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

त्यस्तै इजाजतपत्रप्राप्त संस्थाले एक आपसमा सहकार्य गरी एटिएम लाउञ्ज भएका स्थानमा Braille signs control buttons र audio support सहितको कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्नेछ । यस प्रकारको एटिएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

राष्ट्र बैंकले अपाङ्गगता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार इजाजतपत्रप्राप्त संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...

फ्लाई दुबईले पायो पोखराबाट दैनिक उडानको अनुमति

संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट...

कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार...
spot_img