Monday, May 25, 2026
spot_img

नाफिजद्वारा आर्थिक पत्रकारहरूका लागि बजेट रिपोर्टिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

spot_img
spot_img

बजेट भाषणको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । सरकारले आगामी जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दैछ । त्यसको पूर्व सन्ध्यामा नाफिजले तालिम आयोजना गरेको हो ।

बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा बरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् ।

तालिमका अवसरमा कर विज्ञ रूप खड्काले सिद्धान्त बाहिर गई नेपालमा हजारौ शिर्षकमा अन्तःशुल्क लगाउने गरिएको बताए । अन्तःशुल्क प्रदुषण, मदिरा, सुर्तीजन्य वस्तुमा मात्रै लगाउनु पर्नेमा अन्धाधुन्ध लगाउने गरिएको उनको भनाइ छ ।

उनले पत्रकारमा करका अन्तर्राष्ट्रिय सैद्धान्तिक विषयमा जानकारी हुनुपर्ने बताए । खड्काले नेपालमा ९६ प्रतिशत राजश्व मुख्यतः पाँच शिर्षकबाट उठ्ने गरेको बताए । जसमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल, वस्तुगत कर लगायत छन् । भ्याट १३ प्रतिशत लाग्छ भने भन्सार र अन्तःशुल्कमा फरक फरक दर छन् । स्वदेशमा उत्पादन गर्ने वस्तुमा पनि मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लाग्ने गर्छ ।

त्यस्तै, आयकर व्यक्तिले गरेको आम्दानीमा लाग्छ भने संस्थागत आयकर कम्पनीहरूको मुनाफा लाग्छ । व्यक्तिगत आयकर विवाहित र अविवाहित लागि फरक सिमा रहेको छ । पाँच लाख रूपैयाँ अविवाहित र विवाहितको लागि ६ लाख रूपैयाँसम्म एक प्रतिशत लाग्छ । त्यसमाथिको आम्दानीमा भने १०, २०, ३०, ३६, ३९ प्रतिशतसम्म आयकरमा कर लाग्ने गर्छ ।

विज्ञ खड्काले नेपालमा व्यक्तिगत आयकरको तल्लो र माथिल्लो सिमा परिवर्तन गर्न माग भएपनि छिमेकी देशहरूको दर हेरी सिमा निर्धारण गर्नुपर्ने बताए । नेपालका प्रतिस्पर्धी देशको तुलनामा यस्तो दर कम राख्नु उपयुक्त हुने उनको भनाइ छ । सार्क देशको तुलनामा नेपालमा आयकरको दर बढी भएकाले बजेटमा घटाउने विषयमा सोच्नुपर्ने उनको सुझाव छ ।

भन्सारबाट आयात हुने वस्तुमा शुरूमा भन्सार महसुल लाग्छ । भन्सार महसुलसहितको मुल्यमा अन्तःशुल्क लाग्छ । अन्तिममा मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । धेरै देशले भन्सार महसुल कम लगाउने गरेका छन् । तर नेपालमा भन्सार दर बढी लिदाँ उपभोक्तालाई बढी भार पर्ने गरेको उनको भनाइ छ । भन्सारका दरको तह र संख्या घटाउनु उपयुक्त हुने उनको भनाइ छ ।

अन्तराष्ट्रिय भ्याट विज्ञको रूपमा परिचित खड्काले सिमित वस्तु बाहेक सबैमा मूल्य अभिवृद्धि कर लगाउन सकिने बताए । विश्वभर नै सबैभन्दा व्यवस्थित कर भ्याट रहेको उनको भनाइ छ । नेपालमा धेरै वस्तुमा शुरूमा भ्याट लगाएपनि अहिले स्वार्थ अनुसार छुट दिने गरेको उनको भनाइ छ ।

भ्याट वस्तु अनुसार फरक फरक नभई सबै वस्तुमा एउटै दर लगाउनु पर्ने उनको भनाइ छ । विश्वका १८० देशमध्ये ४–५ वटा देशले मात्रै बहुदर लागू गरेको उनको भनाइ छ । उनले अर्थतन्त्र चलायमान बनाउन भ्याटको दर घटाउन सकिने बताए ।

सरकारले करको सुधारका लागि अनिवार्य बिल काट्ने प्रणाली लागू गर्नु पर्ने उनको भनाइ छ । विश्वका धेरै देशमा स–साना कारोबारमा पनि डिजिटल मेसिनबाट बिजक जारी हुने गरेको उनको भनाइ छ । सरकारले कर प्रणालीलाई व्यवस्थित गर्न इकोसिस्टम बनाउनेगरी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आर्थिक पत्रकार श्रीधर खनालले आर्थिक पत्रकारहरु सम्पत्ति शुद्धिकरणको विषयमा चनाखो हुनुपर्ने बताए । नेपालको हकमा अहिले सम्पत्ति सुद्धिकरण जल्दोबल्दो विषय भएको बताउँदै यस सम्बन्धमा पत्रकारहरुले प्रभावकारी रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता तालिम कार्यक्रम आयोजना गरिने बताइन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार २...

जापानले थाल्यो बिपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा आएको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको...

सिन्धु विकास बैंकको सीइओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट...

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको...

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र...

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...
spot_img