Saturday, July 11, 2026
spot_img

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा, पुँजी पलायनको जोखिम बढ्यो

spot_img

नेपालका केही उद्योगी व्यवसायीहरु लगानीको वातावरण बिग्रदै गएको र आफूहरुले गरेको लगानी समेत सुरक्षित नरहेको निष्कर्षमा  पुग्न थालेका छन् । दुइ तिहाई बहुमतसहित बनेको सरकारले उद्योगी व्यवसायीमाथि धरपकडको नीति लिएको र बिना कसूर ‘अपराधी’लाई जस्तो व्यवहार गर्न थालेको भन्दै निजी क्षेत्र आतङ्कित बनेको छ ।

खासगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षमेत रहेका उद्योगपति शेखर गोल्छा, पूर्वमन्त्री समेत रहेका निर्माण व्यवसायी बिक्रम पाण्डे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएपछि उद्योगीहरुले असुरक्षित महशुस गरेको नेपाल उद्योग वाणिज्य महासंघका एक जना पूर्व पदाधिकारी बताउँछन् ।

उनका अनुसार गत भदौको जेन् जी आन्दोलनले ‘उद्योगी व्यवसायीको निजी लगानी सुरक्षित छैन, यसमाथि जुनसुकै बेला जोसुकैले आक्रमण गर्न सक्छन्’ भन्ने सन्देश दिएको र अहिले सरकारले झन उद्योगी व्यवसायीहरुको सामाजिक प्रतिष्ठा र राष्ट्रिय योगदानकै मानहानी हुने गरी धरपकड गर्न थालेपछि निजी क्षेत्र चिन्तित छ ।

उद्योगी व्यवसायीले देश छोड्न थालेको चर्चा

यसैबीच, सरकारबाट थप धरपकड हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएपछि अहिले उद्योगी व्यवसायीहरु धमाधम देश छोड्न थालेको चर्चा हुन थालेको छ । विभिन्न कर्पोरेट ग्रुपका उद्योगी व्यवसायीहरु अहिले देशमा नरहेको बताइन्छ । वर्षौदेखि नेपालमा उद्यम व्यवसाय गरिरहेका मारवाडी समुदाय, नेवार समुदाय र मोफसलबाट उदाएर उद्यम व्यवसायमा जम्दै गरेका कर्पोरेट हाउसका सञ्चालकहरु अहिले पक्राउको त्रासले देशबाहिर बस्नुपर्ने (भूमीगत हुनुपर्ने) स्थिति आउनु अर्थतन्त्रका लागि शुभ संकेत नभएको उद्योगीहरुको भनाइ छ ।

‘यदि प्रमाण हुन्थ्यो भने अदालतले शेखर गोल्छा, बिक्रम पाण्डे र ज्योति प्रकाश पाण्डेलाई रिहा गर्ने आदेश दिने दिएन’ महासंघका एक जना केन्द्रीय सदस्य भन्छन्, ‘तर, दिनभरी मिडिया ट्रायल गरेर साँझ परेपछि समात्ने, हिरासतमा राख्ने तर कुनै प्रमाण पेश गर्न नसक्ने । अदालतको आदेशबाट छुटेपनि उद्योगी व्यवसायीहरुले वर्षौ लगाएर आर्जन गरेको सामाजिक प्रतिष्ठा त सकियो नि !’

यसैपनि नेपालका उद्योगी व्यवसायीहरुलाई नेपालको पूँजी दुबई र अन्य कर नलाग्ने वा कम कर लाग्ने देशहरुमा लैजाने गरेको आरोप लाग्दै आएको थियो । अहिले झन सरकारबाटै असुरक्षित रहेका अधिकांश उद्यमी व्यवसायीहरुले दुबई र अन्य देशमा लगानीको सम्भावना खोज्न थालेको बताइन्छ ।

‘सरकारकै कारण क्यापिटल फ्लाईटको जोखिम बढ्यो’ एक जना पूर्व प्रशासक भन्छन्, ‘ओपन मार्केट इकोनोमीमा लगानीकर्तालाई फकाउने र उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । उनीहरुबाटै विदेशी लगानीका लागि आह्वान गराउनुपर्छ । तर, अहिले उल्टो भइरहेको छ ।’

बैंकका लगानीकर्ताले पनि क्यापिटल फ्लाईटको जोखिम बढेको बताउन थालेका छन् । अघिल्लो महिना सिबिफिनले आयोजना गरेको आर्थिक पत्रकारहरुसँगको अन्तर्वार्तामा एनएमबि बैंकका अध्यक्ष रहेका मनोज गोयलले पुँजी पलायनको जोखिम देखिएको बताएका थिए। पीडित रहेको अवस्थामा उल्टो पीडक जस्तो व्यवहार सरकारले गरेपछि लगानीको वातावरण नबनेको र क्यापिटल फ्लाइटको जोखिम बढेको उनको भनाई थियो । त्यस्तै ठूलो जनसंख्या विदेश मै रहेको र अझै जाने क्रम जारी रहेकोले यसले व्यवसायमा असर गरिरहेको बताए ।

प्रधानमन्त्री नबोल्दा अर्थमन्त्रीको भनाई कसैले पत्याएनन्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योगी व्यवसायीलाई धरपकड गर्ने कुनै नीति नलिएको बरु पूरानै अनुसन्धानलाई टुङ्गोमा पु¥याउन नाम जोडिएका केही व्यक्तिहरुलाई सोधपूछ गरिएको बताउने गरेका छन् । उद्योगी व्यवसायीलाई पक्राउ गर्ने कुनै पनि योजना नरहेको उनको दाबी छ । ‘नामै तोकेर फलानो फलानो उद्योगी, व्यवसायीलाई सरकारले समात्दैछ भन्ने हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन’ अर्थमन्त्रीले भनेका छन् ।

तर, उनको यो भनाईमा निजी क्षेत्र विश्वस्त हुन सकिरहेको छैन । प्रधानमन्त्री बालेन्द्र शाह अहिलेसम्म कुनैपनि विषयमा नबोलेका कारण अरु मन्त्रीहरुले बोल्दैमा आफूहरु ढुक्क हुने अवस्था नरहेको नेपाल चेम्बर अफ कमर्सका एक जना पूर्व पदाधिकारी बताउँछन् । ‘निर्णय कताबाट भइरहेको छ ? कसले गरिरहेको छ ? किन गरिरहेको छ ? यी केही कुरा स्पष्ट भएनन्’ ति व्यवसायी भन्छन्, ‘अर्थमन्त्रीले अब कोही समातिँदैनन् भनेको भोलिपल्टै अर्को मान्छे समातिन्छ । यसबाट साँचो प्रधानमन्त्रीसँगै छ भन्ने कुरा प्रष्ट भयो तर, उहाँ बोल्नुहुन्न ।’

बजेटबाट केही आशा 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट निर्माणको अन्तिम तयारीमा रहेका छन् ।  भेट्न आउने सबैलाई मन्त्री वाग्लेले अर्थतन्त्रको कायापलट गर्ने ‘रुपान्तरणकारी बजेट’ ल्याउने भन्ने गरेका छन्। पछिल्लो समय उनी सहभागी सार्वजनिक कार्यक्रममा समेत उनले परम्परागत शैली र प्रवृत्ति तोड्दै रुपान्तरणकारी बजेट आउने र त्यसले धेरै समस्या समाधान हुने भन्दै बजेट आउँदासम्म धैर्य गरिदिन आग्रह गर्ने गरेका छन्।

मन्त्री वाग्लेले  यसरी आश्वस्त पार्ने गरेपछि व्यवसायीमा केही आशा भने देखिएको छ । झन्डै दुई तिहाईको सरकारको पहिलो बजेट आउने, त्यसमाथि विज्ञ अर्थ मन्त्रीले बजेट ल्याउने र मन्त्रीमन्त्री आफैले ‘रुपान्तरणकारी बजेट’ आउने भनेपछि व्यवसायीमा आशा भने देखिएको छ । तर बजेटले पनि लगानीको वातावरण बन्न नसके र व्यवसायीलाई कन्फिडेन्स दिलाउन नसके पुँजी पलायन नै हुने एक व्यवसायी बताउछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...
spot_img