आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६५ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ७४ रुपैयाँ तोकिएको छ ।












