अब वाणिज्य बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आयात गर्न सकिने सुनको परिणामलाई दैनिक २० किलोबाट बढाएर दैनिक २५ किलो कायम गरेको हो ।
त्यस्तै राष्ट्र बैंकले नेपाली / विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था / शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक रु. २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरेको छ।
यस अघि यो सीमा २० लाख थियो ।









