आज मंगलबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । सोमबार तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३८ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।









