आज सोमबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ९९ हजार ८ सय ४५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३८ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।