आज असोज ८ गते बुधबार सुनको भाउ इतिहासकै उचाइमा पुगेको छ । मंगलबार सुनको भाउ २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ९१ हजार १ सय ८५ रुपैयाँ तोकिएको छ । आज कायम भएको सुनको मूल्य नेपाली बजारमा कायम भएको हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर २ हजार ७ सय रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ३ सय १५ रुपैयाँ तोकिएको छ।









