आज सोमबार पनि सुनको भाउ बढेको छ । आइबार प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४५ हजार ४ सय ५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ९३ रुपैयाँ तोकिएको छ ।










