Thursday, July 23, 2026
spot_img

काठमाडौँ मै ८ हजार भन्दा धेरै मत बदर

spot_img
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं १० मा एक हजार २२६ मत बदर भएको छ । सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ९ मा ९३३ मत बदर भएको छ । कूल ७८ हजार ४९५ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ७४० मत खसेको थियो । सो क्षेत्रमा ५१ हजार ८०७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ८ मा ६२३ मत बदर भएको छ । त्यहाँ कूल मतदाता ५७ हजार ८११ छन् । सड्तीस हजार ७९४ मत खसेकामा ३७ हजार १७१ मत सदर भएको थियो ।
निर्वाचन क्षेत्र नं ७ मा ८०५ मत बदर भएको छ । ६८ हजार ६८५ कूल मतदाता रहेको क्षेत्रमा ४४ हजार ८५७ मत खसेको थियो । यस क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ६ मा ८११ मत बदर भएको छ । ६७ हजार ७५९ कूल मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४८ मत खसेको थियो । यहाँ ४४ हजार ४३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
निर्वाचन क्षेत्र नं ५ मा ९०२ मत बदर भएको छ । कूल ७८ हजार ११४ मतदाता रहेको यस क्षेत्रमा ५१ हजार ९६९ मत खसेको थियो । ५१ हजार ०६७ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं ४ मा ८६२ मत बदर भएको छ । कूल ७६ हजार २५१ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ९६३ मत खसेको थियो । खसेकोमध्येमा ५० हजार १०१ मत सदर भएको जनाइएको छ ।
निर्वाचन क्षेत्र नं ३ मा ९४० मत बदर भएको छ । ६४ हजार ४७९ कूल मतदाता रहेको यस क्षेत्रमा ४४ हजार १९० मत खसेको थियो । खसेकोमध्ये ४३ हजार २५० मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं २ मा एक हजार ०९५ मत बदर भएको छ । कूल ८८ हजार ७०८ मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ४४१ मत खसेको थियो । खसेकोमध्ये ५८ हजार ३४६ मत सदर भएको थियो । निर्वाचन क्षेत्र नं १ मा ४३४ मत बदर भएको छ । कूल मतदाता ५५ हजार २९२ रहेको यस क्षेत्रमा ३२ हजार ३१४ मत खसेको थियो । जसमध्ये ३१ हजार ८८० मत सदर भएको थियो ।
देशभर कति मत बदर भयो भन्ने मङ्गलबार सबै मतगणना सकिएपछि भन्न सकिने आयोगले जनाएको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...
spot_img