घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा

spot_img
spot_img

दशैँका बेला घर रङ्ग्याउने हाम्रो प्राचीन चलन हो । पहिला पहिला रातो माटो र कमेरो लगाउने चलन थियो हो भने अहिले आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएका रङहरु लगाउने अभ्यास बढिरहेको छ । तर, रङ छनोट गर्दा ध्यान दिनुपर्ने आधारभूत विषयहरुबारे जानकार नहुँदा रङ कमसल पर्ने, घरको आकार प्रकार अनुसार सुहाउँदो नहुने जस्ता समस्याहरु देखिने गर्छन् ।

घर अनुसार रङ कसरी छनोट गर्ने त ? रङ किन्दा के के कुरामा ध्यान दिने ? अनि, घरको बाहिरी भाग र भित्री भागमा रङ लगाउँदा के के कुरामा ध्यान दिने ? दशैँको यो बेलामा यी जानकारीहरु तपाईका लागि उपयोगी हुन सक्छन् ।

घरको आकार अनुसार रङ कसरी छान्ने ?

तपाईको घरमा साना कोठा वा साँघुरो ठाउँ छ भने हलुका तथा उज्यालो रङ लगाउनु उचित हुन्छ । अफ ह्वाईट, क्रिम, लाइट बेज वा पेद पेस्टल सेडहरुले कोठालाई फराकिलो र उज्यालो देखाउने गर्छ । भित्री भित्ताका लागि Bell, Daisy Premium Emulsion वा Sapphire Luxury Emulsion को लाइट सेड प्रयोग गर्दा प्रकाश राम्रोसँग परावर्तन हुने भएकाले कोठा ठूलो देखिन्छ ।

यदि घरमा कोठा ठूला छन् र हल पनि छ भने गाढा रङको प्रयोग गर्नु उचित हुने एभरेष्ट कलरका प्रबन्ध निर्देशक सरोज लुइँटेल बताउँछन् । उनका अनुसार यस्तो कोठा तथा हललाई आकर्षित बनाउन एउटा मुख्य भित्तामा फिचर वा एक्सेन्ट वाल बनाएर गाढा रङ वा मोटालिक÷टेक्स्चर फिनिस दिन सकिन्छ । तर, कोठाको उचाई कम छ भने सिलिङमा भित्ताको भन्दा हल्का वा चहकिलो सेतो रङ प्रयोग गर्दा सिलिङ अग्लो देखिन्छ ।

रङ किन्दा के के कुरा हेर्ने ?

घरमा रङ लगाउँदा मुख्यगरी ५ कुरामा ध्यान दिन सुझाउँछन् सरोज लुइँटेल । उनका अनुसार रङ कहाँ लगाउने हो ? (घरको भित्री भागमा हो की, बाहिर), त्यसको धुने र सफा गर्ने क्षमता, कभरेज एरिया, फिनिसिङ र उत्पादन मितिबारे ध्यान दिनु आवश्यक हुन्छ ।

रङ किन्दा घाम–पानी पर्ने भागमा लगाउने हो कि, घरको भित्री भागमा लगाउने हो, त्यस अनुसार उत्पादन छान्नुपर्छ । त्यसैगरी, भान्छा कोठा, लिभिङ रुम र बालबालिका खेल्ने वा पढ्ने कोठाका लागि दाग सहजै पुछ्न मिल्ने इमल्सन छनोट गर्नुपर्ने हुन्छ ।

यसैगरी, रङ किन्दा प्रतिलिटर वा प्रतिकिलोले कति वर्गफिट ओगट्छ भन्ने हिसाब बुझ्नु बुद्धिमानी हुन्छ । साथै, आफ्नो रोजाई अनुसार म्याट, स्मूथ, साटन वा ग्लस कुन फिनिसिङ चाहिएको हो, त्यो हेर्नुपर्छ । यस्तै, आधिकारिक डिलरबाट मात्रै रङ किन्नुपर्छ । त्यसरी किन्दा पनि उत्पादन मिति र ब्याच नम्बर हेर्न भुल्नु हुँदैन ।

रङको गुणस्तर कसरी थाहा पाउने ?

आफूले किनेको वा किन्दै गरेको रङ गुणस्तरयुक्त छ कि भनेर पनि हेर्नुपर्छ । नेपाल गुणस्तर (एनएस) प्रमाण चिन्ह प्राप्त गरेका उत्पादन हुन् कि होइनन् भनेर हेर्नुपर्छ । एभरेष्ट कलरलगायत एनएस चिन्ह प्राप्त कम्पनीहरुका उत्पादन खरिद गर्दा चाँडो खुइलिने सम्भावना कम हुन्छ । यदि एनएस प्राप्त कम्पनीका रङ किनेर उपर्युक्त तरिकाले लगाइँदा पनि रङ चाँडै खुइलियो भने सम्बन्धित कम्पनीमा गुनासो गर्न पाइन्छ ।

यसैगरी, ओपेसिटी र लुकाउने क्षमता पनि हेर्नुपर्छ । गुणस्तरीय रङले दुइ कोटमै मुनिको सतह वा पूरानो दागलाई पूर्णरुपमा ढाक्छ । एन्टी–फङ्गल र मौसम प्रतिरोधी क्षमता पनि हेर्नुपर्छ । घरको बाहिरी भागमा लगाउने रङमा घामको पराबैजनी किरण थेग्ने र वर्षामा लेउ र ढुसी नलाग्ने विशेषता हुनुपर्छ ।
रङ सुकिसकेपछि सतहमा नउप्किेन, नफुट्ने र हातले छुँदा चिल्लो महशुल हुने हुनुपर्छ ।

रङ लगाउने सही तरिका

एभरेष्ट कलरका प्रबन्ध निर्देशक सरोज लुइँटेलका अनुसार कहिलेकहीँ रङ लगाउने तरिका नमिल्दा पनि रङको वास्तविक क्षमता प्रदर्शन हुन पाउँदैन । यसकारण सतहको तयारी, प्राइमर कोट, पुट्टी कोट जस्ता प्राविधिक कुराहरु पनि हेर्नुपर्ने हुन्छ ।

यदि नयाँ घरमा रङ लगाउँदै हुनुहुन्छ वा नयाँ प्लास्टरमा रङ लगाउँदै हुनुहुन्छ भने त्यस्तो प्लास्टर कम्तीमा ६० दिन सुकेको हुनुपर्छ । भित्ताको धुलो, फोहोर, तेल वा पूरानो खुकुलो रङ सान्डपेपर (खाक्सी) ले रगडेर सफा गर्नुपर्छ ।

भित्ताको प्रकृतिका आधारमा प्राइमर कोट लगाउनुपर्छ । उदाहरणका लागि, एभरेष्ट वाटर–बेस्ड वाल प्राइमर (इन्टेरियर वा एक्स्टेरियर) एक कोट लगाउने । यसले भित्ताको सोस्ने क्षमता सन्तुलन गर्छ ।

यसपछि भित्तालाई चिल्लो र समथर बनाउन वाल पुट्टीका २ कोट लगाउने । पहिलो कोट र दोस्रो कोट बीचको अन्तर ४ देखि ६ घण्टा हुनुपर्छ । यो सुकेपछि मसिनो सान्डपेपर (खाक्सी) ले घोटेर चिल्लो बनाउनुपर्छ ।

पुट्टी घोटिसकेपछि निस्किएको धुलो सफा गरी पुट्टीलाई सिल गर्न फेरि एक कोट प्राइमर लगाउनुपर्छ । त्यसपछि मात्रै रङ दल्नुपर्छ । रङ पनि दुइ कोट लगाउनुपर्छ । पहिलो कोट लगाइसकेको ३ देखि ४ घण्टाको अन्तरमा मात्रै दोस्रो कोट लगाउनुपर्ने लुइँटेलको सुझाव छ ।

रङ–पानी वा अरु पदार्थको मिश्रण अनुपात

इमल्सनलाई सफा पिउने पानीले पातलो गर्नुपर्छ । धेरै पानी हाले कभरेज र फिनिसिङ बिग्रन्छ । वाल प्राइमर हो भने एक लिटर प्राइमरमा ८०० मिलि लिटरदेखि १ लिटरसम्म सफा पानी राख्दा हुन्छ । अर्थात्, रङ र पानीको अनुपात करिब ८०ः१०० हुनुपर्छ । भित्री भागमा लगाउने रङ हो भने पहिलो कोटका लागि एक लिटर प्राइमरमा ४०० देखि ५०० मिलि लिटर र दोस्रो कोटका लागि ३०० देखि ४०० मिलि लिटर पानी मिसाउँदा उचित हुन्छ ।
बाहिरी इमल्सन हो भने एक लिटर रङमा ३५० देखि ४०० मिलि लिटर पानी मिसाउँदा हुन्छ । सिन्थेटिक इनामेल हो भने पानी मिसाउन मिल्दैन । यसमा ब्रस गर्दा ८ देखि १० प्रतिशत र स्प्रे गर्दा १५ देखि २० प्रतिशत शुद्ध टर्पेन्टाइन मिसाउनुपर्छ ।

भित्ता, गेट, फलामे संरचना र काठ÷ढोकामा फरक रङ चाहिन्छ कि एउटै ?

यी संरचना एवम् सतहमा फरक फरक प्रकृतिको रङ लगाउनुपर्छ । एउटै रङ लगाउनुपर्छ । सिमेन्टको भित्तामा पानीमा आधारित इमल्सन मात्रै लगाउनुपर्छ । जसले भित्तालाई सास फेर्न दिन्छ र ओस थेग्छ ।

गेट वा फलामे संरचनामा रङ लगाउँदा पहिला खिया पूरै सफा गर्नुपर्छ । खिया रोक्न ‘रेड अक्साइड मेटल प्राइमर’ लगाउनुपर्छ । एभरेष्ट कलरको उदाहरण दिनुपर्दा, एभरेष्टसँग यो प्रयोजनका लागि एभरेष्ट रेड अक्साइड जिंक क्रोमेट प्राइमर छ । यसपछि घाम, पानी र खियाबाट जोगाउन सिन्थेटिक इनामेल २ कोट लगाउनुपर्छ ।

काठाका ढोका वा झ्यालमा यदि काठको प्राकृतिक ग्रेन देखाउने हो भने एभरेष्ठ उड पोलिश÷क्लियर वार्निस÷PU कोटिंग प्रयोग गर्दा उचित हुन्छ । तर, यदि ठोस रङ लगाउने हो भने एभरेष्ठ उड प्राइमर (पिङ्क वा ह्वाईट) लगाएर माथिबाट सिन्थेटिक इनामेल लगाउन उचित हुन्छ ।

(नोटः एभरेष्ट कलरका प्रबन्ध निर्देशक सरोज लुइँटेलसँग आवश्यक जानकारी लिएर तयार पारिएको सामग्री)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २...

मन्जुश्री फाइनान्सले अग्राधिकार शेयर निष्काशन गर्ने

मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference...

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज,...