मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने भएको छ। कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले रु. १००/- का दरले ४० लाख इकाई अर्थात रु. ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरुको लागि मात्र बिक्री गरिने गरी जारी गर्ने प्रस्ताव गरेको हो।
संस्थाको आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भएपछि कम्पनीले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने छ ।










