यस पटकको एनपीएलमा DRS प्रयोग हुने, खेल सुरु हुने समय पनि परिवर्तन

spot_img
spot_img

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्ने जनाएको हो ।

क्यानका अनुसार एनपिएल २०२६ को सबै खेलमा ‘डिआरएस’ प्रविधिको प्रयोग गरिनेछ । ‘डिआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ । ‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ ।

यसैबीच, ‘डिआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ । एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ ।

प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर मात्रै नेपाल भित्रिए

यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको...

तीन दिनको लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा...

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...

घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा

दशैँका बेला घर रङ्ग्याउने हाम्रो प्राचीन चलन हो ।...