तीन दिनको लागि खुल्यो तातोपानी नाका

spot_img
spot_img

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका बताए।

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...

घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा

दशैँका बेला घर रङ्ग्याउने हाम्रो प्राचीन चलन हो ।...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २...

मन्जुश्री फाइनान्सले अग्राधिकार शेयर निष्काशन गर्ने

मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference...