दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दशैंका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा  वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार  प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी दशैं अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशन दिएका छन् । कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भइहालेमा तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

साथै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेको भएमा तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।

दशैंको समयमा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ । विद्युत् आपूर्तिमा समस्या देखिएमा तत्काल प्राविधिक टोली परिचालन गरी यथाशीघ्र सेवा सुचारु गर्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।

प्राधिकरणले विद्युत् माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै विद्युत् प्रणालीमा समस्या आउन नदिन आवश्यक सतर्कता अपनाएको छ । दशैं अवधिभर विद्युत् आपूर्तिलाई नियमित बनाउन सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई आवश्यक समन्वय र तयारीसहित परिचालनको व्यवस्था गरिएको छ ।

यसैगरी, चाडपर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...

घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा

दशैँका बेला घर रङ्ग्याउने हाम्रो प्राचीन चलन हो ।...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार प्रतितोला २...

मन्जुश्री फाइनान्सले अग्राधिकार शेयर निष्काशन गर्ने

मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference...

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज,...