कैलालीको एक मतदान केन्द्रमा एमाले र कांग्रेसबीच कुटाकुट भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को शंकर आधारभूत विद्यालय मतदान स्थलमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटकुट भएको हो ।
दुइ पार्टीका कार्यकर्ताबीच हानाहान हुँदा ढुङ्गा प्रहारबाट गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रवीन्द्र शाही गुड्डु घाइते भएका छन् । उनको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।









