Wednesday, July 22, 2026
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

spot_img

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय भइसकेको छ । तर प्रतियोगिताको मिति २०३४ बाट २०३५ को शुरुवातमा सर्न सक्ने सम्भावना बढ्दै गएको छ ।

फिफा र साउदी आयोजकहरूले अहिले जटिल क्यालेन्डर समस्या समाधान गर्न गम्भीर छलफल गरिरहेका छन् । साउदी अरेबियामा जुन-जुलाई महिनामा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने भएकाले गर्मीयाममा विश्वकप आयोजना गर्न असम्भव छ । कतार २०२२ को जस्तै जाडोयाममा विश्वकपको विकल्प खोजिँदै छ ।

तर त्यस वर्षको जाडोयाम अर्थात् नोभेम्बर-डिसेम्बरमा रमजान महिना पर्ने भएकोले मुस्लिम पवित्र महिनाको सम्मानमा खेल तालिका मिलाउन कठिन देखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। हजको समय र सम्भावित विन्टर ओलम्पिक्स जस्ता कार्यक्रमले पनि मिति थप जटिल बनाएको छ ।

यी सबै कारणले गर्दा फिफा विश्वकपको सुरुवात २०३४ को क्रिसमसको आसपास वा ढिलो गरी २०३५ को जनवरी-फेब्रुअरीमा हुने सम्भावना रहेको छ । यसरी विश्वकप पहिलो पटक एउटा वर्षमा सुरु भएर अर्को वर्षमा समाप्त हुने ऐतिहासिक घटना हुन सक्छ । फिफाले अझै आधिकारिक घोषणा गरेको छैन तर स्रोतहरूका अनुसार यो विकल्पलाई गम्भीर रूपमा लिइएको छ ।

विश्वकप ढिलो सुरु हुँदा युरोपेली लिग, क्लब फुटबल र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको क्यालेन्डरमा ठूलो प्रभाव पार्न सक्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...

लगानी बोर्डको सीईओका लागि ८ जनाको नाम ‘सर्टलिस्ट’ (सूचीसहित)

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना...
spot_img