Tuesday, June 16, 2026
spot_img

खरानीको थुप्रोबाट उठ्दै मिनबहादुर, ६ महिना मै महाराजगञ्जको स्टोर पनि संचालनमा

spot_img
spot_img

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनी गरिएको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। आन्दोलनका क्रममा भएको आगलागीबाट सुपरमार्केटको भवनमा ठूलो क्षति पुगेको थियो।

करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। धार्मिक परम्परा अनुसार पुजासहित आजबाट स्टोरले सेवा दिन थालेको हो ।

खरानीको थुप्रोबाट उठ्दै छौँः मिनबहादुर

जीवनका कयौँ वर्ष लगाएर ठड्याइएका संरचना क्षणभरमै खरानी भएपछि मिनबहादुर यस बीचमा कयौपटक रोएका छन् । हजारौँ पटक भावुक भएका छन् । तर, सँगसँगै खरानीको थुप्रोबाट उठ्ने र अझ बढी योगदान गर्ने संकल्प पनि उत्तिकै गरेका छन् ।

‘अहिले म खरानीको थुप्रोमा उभिएको छु, यसबाट उठ्ने संकल्प र प्रयास गर्दैछु’ मिबहादुरले बिजनेश पानासँग भने, ‘मसँग काम गर्ने १० हजार जना मेरा परिवार हुन् । ग्राहक, उपभोक्ता र सद्भाव राख्ने लाखौँ लाख नेपालीहरु मेरा अफन्त र इष्टमित्र हुन् ।’

खरानीबाट उठेको यो पुनरागमन केवल व्यवसायको पुनःसञ्चालन मात्र नभई, आत्मविश्वास, श्रम र दृढताको पुनर्जागरण पनि भएको संचालक मिन बहादुर गुरुङले बताएका छन्।   ‘भौतिक रुपमा हुने आक्रमण, तोडफोड र आगजनीले सम्पत्तिको नाश गर्छ, व्यक्तिलाई पनि निराश त बनाउँछ, तर मनोबल चाहिँ गिराउन सक्दैन’ गुरुङ भन्छन्, ‘अब भाटभेटेनी अझै सशक्त भएर अघि बढ्छ ।’

स्मरण रहोस्, भाटभटेनी सुपरमार्केट नेपाल सरकारलाई सबैभन्दा धेरै कर तिर्ने संस्था हो । वस्तु व्यापार व्यवसायतर्फ सबैभन्दा बढी आयकरमा भाटभटेनी सुपरस्टोर पहिलो नम्बरमा रहेको छ । हरेक वर्ष उत्कृष्ट करदाताका रुपमा सम्मानित हुँदै आएको भाटभटेनी आर्थिक वर्ष २०८१/०८२ को पनि शीर्ष करदाताका रुपमा गत मंसिर १ गते सम्मानित भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img